समाचार

जापान पठाइदिने भन्दै ३९ लाख रुपैयाँ ठगी गर्ने ३ महिलासहित ४ जना पक्राउ

arrest

४ साउन, काठमाडौं । जापान पठाइदिने भन्दै नगद ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा तीन महिलासहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी घर भएकी ३७ वर्षीया शुभद्रा परियार, काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम सूर्योदय नगरपालिका-४ श्रीअन्तु घर भएकी ३३ वर्षीया पुजा राई, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चे घर भएका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका-७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस