
४ साउन, विराटनगर । विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । को ४ प २३१६ नम्बरको मोटरसाईकलमा हिजो बेलुका ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् ।
मोटरसाइकलमा बसिरहेजस्तो देखिने तर, मृत्यु भइसकेका न्यौपानको हत्या भएको हुनसक्ने आफन्तले आशंका गरेका छन् । मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशङ्का गरेका छन् ‘मृतकको शरिरमा चोटपटक र कपडा च्यातिएको अवस्था शव भटीएको तथा दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ ।
मृतकको एक श्रीमती दुई छोरा र एक छोरी रहेको बुझिएको छ । बेलुका घटनास्थलमा प्रहरी कार्यालय विराटनगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली पुगेको थियो । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।