समाचार

कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

Death Body

५ साउन, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका(४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमवार साँझ मृत्यु भएको हो ।

कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस