अटो

तीन नयाँ मोडेलका गाडीसहित ‘ग्रेट वाल मोटर्स’ नेपाली बजारमा

great wall motors

५ साउन, काठमाडौं । ग्रेट वाल मोटर्स नेपाली बजारमा प्रवेश गरेको छ । तीन नयाँ मोडेल साथ ग्रेट वाल मोटर्स नेपाली बजारमा आएको हो ।

विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले दुईवटा एसयूभी र एक पिक–अपमोडेल बजारमा ल्याएको हो । यी तीनैवटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने कम्पनीले विश्वास गरेको छ ।

ग्रेट वाल मोटर्सको शो रुम थापाथलीमा छ । कम्पनीले देशभर शो रुम विस्तार गर्ने जनाएको छ । भीजी इमपेक्सले ग्रेट वालमोटर्सको सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर)मा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्टान्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने जनाएको छ ।

कम्पनीले भित्र्याएको एसयूभी गाडीको बजार मूल्य ९७ लाख, ५५ लाख ५० हजार र पीकअपको ६५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *