कर्पोरेट

सूर्य नेपालद्वारा ५० लाख सहयोग

surya nepal

५ साउन, काठमाडौं । सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा १० लाख तथा सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाईंमा सहयोग पुर्‍याउन एक/एक करोड रकम प्रदान गरेको थियो । सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कम्पनीले गत आर्थिक वर्षमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक/एकथान एम्बुलेन्स प्रदान गरेको थियो ।

कम्पनीले कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयवासीहरुलाई विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरी कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा सहयोग गर्दै आइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस