सेयर मार्केट

सेयर बजारको परिसूचकसँगै घट्यो कारोबार

Nepal Stok exchange

५ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

परिसूचक ९ अंकले घटेर २९८५ अंकमा झरेको छ ।  त्यस्तै,  आज दिनभर ७ अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि सोमबार १४ अंकले बजार बढ्दा ११ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

समूहगत रुपमा हेर्दा ब्यापार १२६, होटल तथा पर्यटन ६०, जलविद्युत ३५ र उत्पादन समूह १४ अंकले बढेका छन् । बैंकिङ ०.७४, विकास बैंक ३८, फाइनान्स ३२, निार्जीवन बीमा १८८, अन्य २६, माइक्रोफाइनान्स २७ र जीवन बीमा समूह १२६ अंकले घटेका छन् ।

यस दिन हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य मूल्य कमाएका छन् । धेरै मूल्य बढेका ५ कम्पनीमा ४ कम्पनी हाइड्रोपावर छन् ।

माउन्टेन हाइड्रो नेपालको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ । त्यस्तै बरुण हाइड्रोको ७.७, सिइडिबी हाइड्रोको ७.४, अरुणभ्याली हाइड्रोको ६.६ प्रतिशतले मूल्य बढेको छ । यस दिन वाणिज्य बैंकमा कृषि विकास बैंकको सबैभन्दा धेरै ६.४ प्रतिशतले मूल्य बढेको छ ।

त्यस्तै,आज राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको मूय ४.७ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस