मुख्य समाचार

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

कुन दिन कुन विषयको परीक्षा, यस्तो छ समयतालिका
exam

५ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् । सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो ।

class 12 exam routine

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस