५ साउन, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रथम बिमा शुल्कको आधारमा गत आर्थिक वर्षमा दोश्रो स्थानमा उक्लिएको छ । कूल बिमा शुल्क १२ अर्ब १६ करोड सहित प्रथम बिमा शुल्क चार अर्ब माथि पुर्याउन सफल भएको कम्पनीले जनाएको छ ।
नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूको स्टाटस नै तल माथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको कम्पनीले जनाएको छ । बिमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बिमा शुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बिमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ । त्यस्तै, नविकरण बिमा शुल्क समेत उल्लेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा नौ अर्ब २६ करोड ७४ लाख कूल बिमा शुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बिमा शुल्क संकलन गरेको कम्पनीले जनाएको छ ।
सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बिमा कम्पनी बन्न पुगेको जनाएको छ । नेपालको सबैभन्दा ठूलो जीवन बिमा कम्पनी नेपाललाईफ हो ।