समाचार

सोलुखुम्बु, महोत्तरी र मोरङमा गरी तीनजना मृत फेला

bead body tag

५ साउन, काठमाडौं । सोलुखुम्बु, महोत्तरी र मोरङमा तीनजना मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका–२ राई गाउँ बस्ने २९ वर्षीय असिम बस्नेत घरबाट करिब ७ सय मिटर टाढा जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

घरबाट कसैलाई नसोधि सोमबार हिँडेका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो । महोत्तरी, बर्दिबास नगरपालिका–१ स्थित कटुवाल खोलाको छेउमा सोही ठाउँ बस्ने ७३ वर्षीय सरुणे कामी मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, बिराटनगर महानगरपालिका–११ स्थित घर अगाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *