राजनीति

प्रधानमन्त्री नियुक्त गरेर सर्वोच्चले प्रतिक्रान्ति गर्‍याे : टोपबहादुर रायमाझी

top bahadur

५ साउन, काठमाडौं । नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताएका छन् । मंगलबार आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरे जसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताएका हुन् ।

सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उनले बताए । उनले संसद्को औचित्य समाप्त भइसकेको उल्लेख गर्दै यस विषयलाई जनतामाझ उजागर गर्न आईटी आर्मीले भूमिका खेल्नुपर्ने बताए ।

“यो भन्दा जनताको जनादेशको अपमान के हुन्छ ? तिनै नेताहरू आफ्नो औचित्य सिद्धिइसक्यो, आफ्नो अधिकार अर्कोले लिइसक्यो । एक प्रकारले भन्ने हो भने अघोषित रूपमा प्रतिक्रान्ति भइसक्यो । अघोषित प्रतिक्रान्ति हो यो । राजनीतिक पार्टी, दलहरू र जनप्रतिनिधिले गर्नसक्ने निर्णय अर्कैले गरिदिने भनेको त प्रतिक्रान्ति हो,” उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस