सुनचाँदी

आजको बजार : घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold shop

६ साउन, काठमाडौं । बुधबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस