६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल सहभागी नभएपछि उनलाई भेट्न उनकै निवास टोखा पुगेका छन् ।
रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए ।
उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस