समाचार

दाङको घोराहीमा चितुवाको छालासहित दुई जना पक्राउ

arrest

६ साउन, दाङ । दाङको घोराहीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.९ का ३२ वर्षीय रामबहादुर दमाई रहेका छन् ।

उनीहरूलाई बुधबार बिहान साढे तीन बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीमा चेकजाँचका क्रममा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे । उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्मको ५ फिट २ इञ्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ । पछिल्लो समय वन्य जन्तुको छाला ओसार पसारमा संलग्न तथा लागु औषधका कारोबारीहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *