लुम्बिनी प्रदेश

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

bead body tag

७ साउन बाँके । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।

उक्त नगरपालिका वडा नम्वर ११ स्थित  श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का  अरिब जसगढ,  सोही स्थानका बर्ष  १७ का  अरमान जसगढ र सदरलाईन  टोल बस्ने  वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो ।

उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस