सुनचाँदी

आजको बजार : ७ सयले घट्यो सुन, चाँदी बढ्यो

gold

७ साउन, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घट्न पुगेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *