बागमती प्रदेश

चितवनमा एकसाताका लागि थपियो निषेधाज्ञा

cdo office chitwan

७ साउन, चितवन । चितवनमा जारी निषेधाज्ञा पुनः एक साताको लागि थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी लामो तथा छोटो दूरीका अत्यावश्यक सवारीसाधन र अत्यावश्यक परीक्षालाई केही खुकुलो गरी यही साउन १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिएको छ ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित कम नभएको र जोखिम कायम रहेकोले निषेधाज्ञा थपिएको कार्यालयले जनाएको छ । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । थपिएको निषेधाज्ञामा अघिल्ला निषेधाज्ञाभन्दा केही खुकुलो गरिएको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । अत्यावश्यक  यातायात र परीक्षाका तालिकाबाहेक अरु अघिल्ला  नियमलाई  निरन्तरता दिइएको छ ।

“अत्यावश्यक लामो तथा छोटो दूरीका यातायात र केही लोकसेवा, चिकित्साशास्त्रलगायतका टीयूका परीक्षालाई यसपटक खुकुलो बनाइएको हो,” उनले भने । उनका अनुसार यसअघि जिल्लामा जोर–बिजोरको आधारमा निजी तथा भाडाका सवारी सञ्चालनमा आए पनि भोलिदेखि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा अत्यावश्यक छोटो तथा लामो दूरीका सवारीसाधनलाई अन्तरजिल्ला प्रवेश गर्न दिइनेछ ।

यस्तै, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तोकिएका परीक्षा सञ्चालन गर्न पाइने पौडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस