समाचार

अपमान र कुकर्म सहेर घरमा बस्ने कुरै हुँदैन : माधव नेपाल

madhav kumar nepal

७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान र कुकर्म सहेर एमाले (घर)मा बस्न नसकिने बताएका छन् । पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“एमाले अघि बढ्छ कि बढ्दैन पर्खेर हेरेका छौँ । सुध्रिन्छ रुपान्तरण हुन्छ भने एकता भएर अघि बढ्छ,” नेपालले भने, “अपमान सहेर घरमा कोही बस्दैन । कुकर्म सहेर घरमा बस्नुहुँदैन । म पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति हुँ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस