सेयर मार्केट

सेयर बजार परिसूचक नेप्से तीन हजारमा उक्लियो

share market nepal

७ साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार बैंकिङ समूहले समग्र सेयर बजारलाई उचालेको छ । सेयर बजारको परिसूचक नेप्से १८.७ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचकले ३ हजार अंक नाघेको छ ।

परिसूचक ३ हजार ४ अंकमा कायम भएको छ । यसअघि जेठ ३१ गते बजारले सबैभन्दा धेरै ३ हजार २६ अंकको रेकर्ड बनाएको छ ।  परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । कुल ११ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन बजार बढ्नमा बैंकिङ समूहको मुख्य योगदान रहेको छ । सो समूह ३५ अंकले बढेको छ । बजारमा बैंकिङ समूहको पुँजीकरण सबैभन्दा धेरै भएकाले यसको प्रभाव बलियो हुने गरेको छ ।

बैंकिङका अलवा जलविद्युत २४, फाइनान्स ३८ र निर्जीवन बीमा ३८ अंकले बढेका छन् । ब्यापार ८२, होटल तथा पर्यटन १५, विकास बैंक १४, उत्पादन २१, अन्य ११, माइक्रोफाइनान्स १२ र जीवन बीमा समूह ३८ अंकले घटेका छन् ।

यस दिन ङादी ग्रुप र सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस