समाचार

चितवनको घोलमा मृत भेटिएका व्यक्ति नेपाली सेनाका हुद्दा रहेको पुष्टि

Death Body

७ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेको शवको पहिचान खुलेको छ ।

बिहीबार विहान फेला परेको शव धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको भएको प्रदेश–३ प्रहरी कार्यालयका डीआईजी प्रकाशजंग कार्कीले जानकारी दिए ।

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस