समाचार

खैरो हेरोइनसहित कैलालीबाट युवक पक्राउ

arrest

७ साउन, कैलाली । लागुऔषध खैरो हेरोइन सहित प्रहरीले धनगढी उपमहानगरपालिका–३ बाट एकजना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी घर भएका २१ वर्षीय शैलेस अवस्थी छन् । उनको साथबाट २ सय ३० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले बताए ।

बुधवार साँझ पक्रेर अवस्थीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस