७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आममाफी दिने घोषणा गरेका छन् ।
ललितपुरको च्यासलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रमा बाटो बिराएका र भड्किएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका हुन् ।
‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,’ ओलीले भने, ‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने ओली पक्षका तथा नेपाल पक्षका सांसदहरुलाई बुधबास बसेको एमालेको केन्द्रीय कमिटी बैठकदे २४ घन्टे स्पष्टीकरण सोधेको थियो । तर, त्यसको भोलिपल्ट ओलीले आममाफीको घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस