सूचना प्रविधि

हुम्लामा ९ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

smartphone

७ साउन, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ । वल्र्ड लिङ्क कम्युनिकेसन प्रालिको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो । असार २९ गतेदेखि सेवा अवरुद्ध हुँदा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नुपर्ने काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।

विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न पाएको छैन । असार ३० गते अदानचुली गाउँपालिकामा गएर काम गरे पनि पूरा गर्न नसकिएको ढकालले बताए । इन्टरनेट समस्याले हिसाब मिलाउन गर्न नसकेर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन पठाउन नसकिएको गाउँपालिकाले जनाएको छ । हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकमबारे पनि भन्न नसकिएको उनले बताए । वर्ल्ड लिङ्कलाई खबर गरेर जुम्लाबाट कर्मचारी आइपुगे पनि इन्टरनेट बन्न नसकेको बताइएको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा स्वास्थ्यचौकीको कामकाजमा पनि बाधा पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र श्यांकुले बताए । वर्ल्ड लिङ्कले मर्मत जारी राखे पनि कहिलेसम्म इन्टरनेट सेवा सञ्चालनमा आउँछ भन्नेबारे अझै टुङ्गो नलागेको गाउँपालिकाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस