संगीत

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त

Prakash saput sunita dulal

७ साउन, काठमाडौं । गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।

बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा दुवै कलाकारले प्राधिकरणसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले आफुले निर्वाह गर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताए । सरकारी निकायसँग आफुहरुको यो नै पहिलो सहकार्य भएको बताएका उनीहरुले सबै सरकारी निकायले कलाकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

अहिले नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम गर्न प्राधिकरण लागिपरेको र त्यस कार्यका लागि कलाकारलाई समेत आवद्ध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस