समाचार

आजदेखि सवारी कर घरबाटै तिर्न सकिने

yatayat byabastha bibhag

८ साउन, काठमाडौं । अब अनलाइन प्रणाली मार्फत नै सावरी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ ।

बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ भने, सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन् ।कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायक मार्फत गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ ।

हाल यो सेवा प्रारम्भिक चरणमा बागमती प्रदेशमा मात्र संचालनमा ल्याइए पनि चाँडैनै देशभर लागू गरिने प्रदेश कार्यालयले जनाइएको छ । यसले यातायात कार्यलयमा हुने भीडभाडका साथै आर्थिक चलखेल समेत रोकिने यातायात कार्यालयको विश्वास रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस