समाचार

ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता

kp and bidya

८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज करिब दुई घण्टा संवाद भएको स्रोतले जनाएको छ ।

भेटमा के विषयमा छलफल भयो भन्ने बाहिरिएको छैन । समसामयिक विषयमा छलफल भएको बताइएको छ । एमालेभित्रको विवादकाबीच ओलीले हिजोमात्र पार्टी एकताका लागि आममाफी दिने घोषणा गरेका थिए ।

त्यस्तै अहिले प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा ओली अनुपस्थित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस