मुख्य समाचार

आजदेखि यी चार अस्पतालमा आजदेखि खोप कार्ड प्रमाणीकरण हुने

Teku hospital

८ साउन, काठमाडौं । आजदेखि काठमाडौंका चारवटा अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप लगाएकाहरुको खोप कार्ड प्रमाणीकरण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।

यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाटमात्रै खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था हुँदा अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्नेहरुको अत्याधिक भीड भएको र त्यहीँबाट कोभिड संक्रमण फैलिने जोखिम बढेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए ।

अन्य अस्पतालबाट पनि प्रमाणीकरण हुने थाहा पाएपछि भीडभाड केही कम हुने अपेक्षा गरेको डा. बास्तोलाले बताए । विशेषगरी खोप कार्ड अनिवार्य गरेका मुलुकहरु जाने नागरिक अस्पतालमा प्रमाणीकरणका लागि जाँदा भीड हुने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस