८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४१०, भक्तपुरमा ६९ र ललितपुरमा १३४ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ७ हजार ८४५ पुगेको छ ।
आज देशभर होम आइसोलेसनमा २४ हजार ९८३, संस्थागत आइसोलेसनमा २ हजार ६७८, आईसीयूमा ६८२ र भेन्टिलेटरमा १७५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस