मुख्य समाचार

चौबीस घण्टामा कोरोना संक्रमणका कारण १८ संक्रमितको मृत्यु

death

८ साउन, काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ९७७ संक्रमित थपिएका छन् । १७ हजार ३०८ जनामा परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टामा १ हजार ६७८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६७९ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस