
८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस