समाचार

ट्राफिक प्रहरीलाई १५ सय घुस दिन खोज्दा …

police arrest

९ साउन, सुर्खेत । ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको अस्थायी ट्राफिक पोष्ट सुब्बा कुनामा सावरी चेकजाँचका क्रममा  एक हजार पाँच सय घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

सुर्खेतदेखि नेपालगन्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाइकल चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ । ‘ चेकजाँचका क्रममा बिल बुक नभएको र  उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका–३ का २५ वर्षीय नरेन्द्र नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कमल नेपालीले रहेका छन् । उनीहरूलाई ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठाएको बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस