९ साउन, काठमाडौं । मलेसियाबाट एकैदिन २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको छ ।
रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइकाे छ ।
प्रतिक्रिया दिनुहोस