समाचार

अमेरिकी डलरसहित दुई जना भारतीय पक्राउ

pakrau

९ साउन, काठमाडौं । अमेरिकी डलर र भारतीय नोटसहित विराटनगरबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा विराटगनर महानगरपालिका–१७, मटेरुवा चोकबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भारतको लखनउका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षी सन्दीप सिंह रोय पक्राउ परेका हुन् । उनीहरुको साथबाट दुई लाख आठ हजार ५०० भारतीय रुपैयाँ र दुई हजार ११४ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको जनाइएको छ । नेपालतर्फ आउँदै गरेको बेला चेकजाँच गर्दा उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस