समाचार

काठमाडौं उपत्यकामा ६१५ संक्रमित थपिए

Corona Kathmandu

९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९१० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर तीन हजार ११४ जनामा संक्रमण देखिएको थियो ।

त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६१५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ४२१ जना छन् । यस्तै, ललितपुरमा १०८ र भक्तपुरमा ८६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १६ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस