समाचार

नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ

arrest

९ साउन, काठमाडौं । नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने झापाको भद्रपुर नगरपालिका–७ घर भएका २४ वर्षीय सुमन राजवंशी छन् । प्रहरीले शुक्रबार दिउँसो उनलाई काठमाडौंको सिनामंगलबाट नियन्त्रणमा लिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजवंशीलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त ब्युरोले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस