
१० साउन, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा कायम भएको छ । महासङ्घका अनुसार आज तेजाबी ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस