बैँक / वित्त

ग्लोबल आईएमई बैंकका कर्मचारीले वर्षमा सात दिन आन्तरिक पर्यटकीयस्थलको भ्रमण गर्नुपर्ने

Global-IME-Bank

१० साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले कम्तीमा सात दिन आन्तरिक पर्यटकीयस्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको छ । बैंकले आफ्ना कर्मचारीलाई वार्षिक अनिवार्य बिदा लिँदा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरी आन्तरिक पर्यटकीयस्थलहरुमा जाने गरी सात दिनको बिदा लिनुपर्ने व्यवस्था गरेको हो ।

कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरुको आवतजावतमा कमी रहेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको जनाएको छ । “कोभिड–१९ को महामारीका कारण पूर्ण रुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ,” बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, “यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्य रुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो ।”

बैंकमा हाल तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस