
१० साउन, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जनकपुरमा नयाँ शो रुम ‘ओम अटोमोबाइल्स’को उद्घाटन गरेको छ ।
अटो मोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शो रुम सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोषकुमार साहलाई डिलरसिप प्रदान गरेको हो ।
नयाँ शो रुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको दाबी छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने र बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको कम्पनीले जनाएको छ ।
नयाँ शो रुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डारेक्टर अभिमन्यु गोल्छाले जनकपुरमा नयाँ शो रुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए । “हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहेका छन्, उनीहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो,” उनले भने, “जनकपुरमा नयाँ शो रुम विस्तारसँगै, ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”