समाचार

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेलहरु एक्सन स्पोर्ट्सले प्रसारण गर्ने

Dish Home and can

१० साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ । २०७८ साउन ८ गते डिश मिडिया नेटवर्क र  क्यान बीच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर गरेका छन् । सोही सम्झौताअन्तर्गत नेपाल क्रिकेट संघ ले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला/पुरुष गरी चार प्रतियोगिता डिशहोमको एक्सन स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछन् । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले यस सम्झौतापछि क्रिकेटप्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस