गण्डकी प्रदेश

कास्कीमा ट्याक्टर पल्टँदा एकजनाको मृत्यु

accident

१० साउन, पोखरा । कास्कीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेम्जामा तिब्बतीयन क्याम्पबाट लामाचौरतर्फ जाँदै गरेको ग१त ६७४३ नम्बरको ट्याक्टर ढुंगामा ठोक्किएर पल्टिएको थियो ।

दुर्घटनामा ट्याक्टरमा सवार पोखरा–१६, बाटुलेचौर बस्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारका २३ वर्षीय सोमबहादुर कुमाल च्यापिएका थिए । उद्धार गरेर उनलाई फिस्टेल अस्पताल पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

दुर्घटनापश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस