
१० साउन, काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले ४१ दिनअघिको उच्च अंकको रेकर्ड तोडेको छ ।
यस दिन बजारको परिसूचक नेप्से ५४.३ अंकले बढेर अहिलेसम्मकै उच्च अंक ३ हजार ५८ अंक कायम भएको छ । यसअघि जेठ ३१ गते ३ हजार २६ अंकको रेकर्ड बनेको थियो । यस दिन कारोबार रकम पनि बढेको छ । यसअघि बिहीबार ११ अर्ब ११ करोडको कारोबार भएकोमा यस दिन १४ अर्ब ३० करोडको कारोबार भएको छ ।
आज बैंकिङ समूहको प्रभावकै कारण सो समूह ७२ अंकले बढेको छ । त्यस्तै ब्यापार २, विकास बैंक १३, जलविद्युत ७१, फाइनान्स २४, निर्जीवन बीमा ४८, उत्पादन ७१, अन्य ६, माइक्रोफाइनान्स ८६ र जीवन बीमा समूह ३० अंकले बढेका छन् । होटल तथा पर्यटन भने २२ अंकले घटेको छ । सो समूहबाहेक सबैजसो बढेका हुन् ।
यस दिन १३६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ । जोशी हाइड्रो, हिमालय उर्जा विकास, सपोर्ट माइक्रोफाइनानस, राधि विद्युत, कालिका पावर, युनिभर्सल पावर, विशाल बजार, पन्चकन्या माइ र ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । अरुण काबेली, दिव्यश्वरी हाइड्रो, माउन्टेन हाइड्रो र पाँचथर पावरको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन ओरेन्टल होटलको मूल्य सबैभन्दा धेरै २.८ प्रतिशतले घटेको छ ।