विश्व/प्रवास

दिल्लीका सिनेमा हलहरू सोमबारदेखि खुल्ने, महाराष्ट्रको तयारी के छ ?

cinema hall

१० साउन, काठमाडौं । लामो समयको लकडाउनपछि अन्ततः दिल्ली प्रशासनले हलहरू खोल्ने निर्णय लिएको छ । प्रशासनले पचास प्रतिशत अकुपेन्सीमै भएपनि हल सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्णयसँगै चलचित्र वितरकहरूलाई ठूलो राहत मिलेको छ ।

महाराष्ट्रका प्रमुख वितरकमध्ये एक अक्षय राठी भन्छन्, “दिल्ली सरकारको ५० प्रतिशत अकुपेन्सीमा हलहरू खोल्ने निर्णय स्वागतयोग्य छ । हिन्दी चलचित्रको घरको रूपमा रहेको महाराष्ट्रले पनि अब हल प्रदर्शकहरूको कुरा बुझ्छ भन्नेमा आशावादी छौँ । आर्थिक रूपमा कुनै राहत प्याकेजको व्यवस्था नभएको चलचित्र क्षेत्रले अब आफ्ना लागि आफै कमाउन पाउनुपर्छ ।”

विहारका एक प्रमुख वितरक किसन पनि दिल्ली सरकारको निर्णयप्रति खुसी व्यक्त गरे । “हाम्रो इन्डस्ट्रीका लागि राम्रो कदम…। यदि मुम्बईमा पनि अगस्टदेखि खोल्न दिने निर्णय भयो भने हलहरू फेरि फर्कनेछ । यदि महाराष्ट्रका हलहरू खुलेभने अक्षय कुमारको ‘बेल बटम’ अगस्ट १५ मा रिलिज गर्ने सम्भावना छ ।” महाराष्ट्रका हलहरू भने अगस्टको पहिलो सातादेखि सञ्चालन हुने अपेक्षा गरिएको छ । बलिउड हंगामाबाट

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस