मुख्य समाचार

पछिल्लो २४ घण्टामा २२३७ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

covid19 Death body

१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा १८ जनाको मृत्यु भएको छ।  हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस