समाचार

टिकटकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको ट्रोल भिडियो बनाउने एक जना पक्राउ

arrest

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो इडिट गरी टिककट भिडियो बनाएर सार्वजनिक गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरोका अनुसार उक्त कार्यमा संलग्न रहेको आरोपमा झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरिएको हो ।

उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । जिल्ला अदालतको आदेशले घिमिरेलाई ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Press Release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस