
११ साउन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेमा ८ अंकको सुधार आएको छ ।
सो अंकको गिरावटपछि परिसूचक ३ हजार ५० अंकमा कायम भएको छ । यसअघि आइतबार परिसूचकले अहिलेसम्मकै उच्च ३ हजार ५८ अंकको रेकर्ड बनाएको थियो । आज बैंकिङ समूहमा आएको उच्च गिरावटले परिसूचकलाई असर पारेको हो ।
हिजोसम्म सो समूहले नै बजारलाई डोहोर्याएकोमा आज सो समूहमा नै ठूलो ‘करेक्सन’ देखिएको छ । आज १४ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि हिजो १४ अर्ब ३० करोडको कारोबार भएको थियो ।
यस दिन ७ कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। ग्रीनलाइफ हाइड्रोपावर, जानाकी फाइनान्स, रिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो, विशाल बजार कम्पनी, ङादी ग्रुप र हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि सान्जेन र रसुवागढी जलविद्युतको साढे ८ प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ ।
घट्नेमा सबैभन्दा धेरै पोखरा फाइनान्सको मूल्य ५ प्रतिशतले घटेको छ । सनराइज बैंकको मूल्य ३.९, लक्ष्मी बैंकको ३.६, माछापुच्छ्रे बैंकको ३.५, सिटिजन्सको ३.३, सानिमाको ३.३ र कृषि विकास बैंकको मूल्य ३ प्रतिशतले घटेको छ ।