मुख्य समाचार

निर्वाचन आयोगको फैसला : उपेन्द्रलाई वैधानिकता, ठाकुर पक्षले अर्को पार्टी दर्ता गर्नुपर्ने

mahantha upendra

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो । बहुमत यादव पक्षमा देखिएकाले आधिकारिकता दिने फैसला गरेको सचिव सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार महन्थ ठाकुर पक्षले अब अर्को दल दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिको हेड काउन्ट गरेको थियो । जसमा ३४ जना उपेन्द्र यादवको पक्षमा उभिएका थिए भने १६ जना महन्थ ठाकुर पक्षमा र एकजना तटस्थ बसेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस