समाचार

‘तेस्रो लहर आउन सक्छ प्रत्येक प्रदेशले एकहजार अक्सिजन सिलिन्डर भरेर राख्नू’

Health Ministry

११ साउन, काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै प्रत्येक प्रदेशलाई कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो ।

“जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिँदैन । विगतका दिनमा जस्तै संक्रमणको दर तिव्र रुपमा वढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन । अतः भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “मौजुदा सिलिन्डरहरु पनि खाली नाराख्नु हुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्जिन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ ।”

सरकारले पटक–पटक कोरोना संक्रमणको तेस्रो लहर आउन सक्नेभन्दै सचेत र तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई आग्रह गर्दै आएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस