विश्व/प्रवास

भारतमा थप ३९ हजार कोरोनाभाइरसबाट सङ्क्रमित, ३५ हजार ९६८ सङ्क्रमणमुक्त

corona test india

११ साउन, काठमाडौं । भारतका थप ३९ हजार ३६१ हजार कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४१६ जनाको मृत्यु पनि भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल चार लाख २० हजार ९६७ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै भएकाहरूको कूल सङ्ख्या चार लाख ११ हजार १८९ रहेको पनि अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ९६८ मा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म तीन करोड पाँच लाख ७९ हजार १०६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३५ प्रतिशत हो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४३.५१ करोड मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४५.७४ करोड ७४ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस