१२ साउन, काठमाडौं । मेगा बैंक नेपाल र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग बैंकले सहकार्य गरेको हो ।
डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
बैंकका डिजिटल एन्ड ईबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस