विश्व/प्रवास

भारतमा १३२ दिनपछि थप कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम

india corona

१२ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

गत २४ घण्टाको अवधिमा भारतमा कोरोना संक्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोना सुरु भएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोनामुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोनाभाइरसमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको यो संख्या ९७.३९ प्रतिशत हो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाखभन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ । त्यसैगरी, देशभरि अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस