समाचार

बाहिर गर्जिने भित्र लम्पसार परेर अपराध गर्ने छुट नयाँ सरकारलाई हुने छैन : गगन थापा

gagan thapa

१२ साउन, काठमाडौं । कांग्रेस सांसद गगन थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा थापाले यस्तो बताएका हुन् ।

“संसद्लाई हेप्ने अदालतलाई थर्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने,” थापाको भनाइ थियो, “स्थानीय सरकारलाई पंगु बनाउने जनताको दुहाई दिने तर आसेपासे पोस्ने बाहिर सिंहजस्तो जर्गिने भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको अघिल्लो सरकार ।  नयाँ सरकारलाई यस्तो अपराध गर्ने छुट छैन ।”

उनले संसद् पनि मनोमानि ढंगले स्थगित गर्न अब नदिइने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस